National life
cg eloctronics

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ वैशाख २०८२, मङ्गलबार
594Shares
सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी 
muktinatha bikash bank

काठमाण्डौ। सिन्धु विकास बैंक लिमिटेडले आजदेखि संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। यसमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दियी सक्नुपर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

संस्थापक सेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक सेयरधनीका लागि तोकिएको फिट एण्ड प्रोपर टेस्टको विवरण,कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपी,पछिल्लो आवको करचुक्ताको प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपी संलग्न गरी बनेपामा रहेको बैंकको कपोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी  | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस