National life
cg eloctronics

स्वस्तिक लघुवित्तले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
1KShares
स्वस्तिक लघुवित्तले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
muktinatha bikash bank

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने तयारीमा लागेको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ । बोर्डको अनुमति पश्चात कम्पनीले आवश्यक प्रक्रिया अघि बढाउनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न।पा। वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?