National life

२२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्दै प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
1.2kShares
२२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्दै प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स
ncell

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ।

प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको प्रक्रिया अघि बढाएको कम्पनीले उल्लेख गरेको छ । जसका लागि कम्पनीले साधारण सेयरको खरिद प्रत्याभूति सेवाको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

एक कार्यक्रमका बिच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त सेयर प्रत्याभूति प्रदान गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय रहेको छ। कम्पनीले सम्पत्ति बिमा, घर (आवास) बिमा, दुर्घटना बिमा, मोटर बिमा, स्वास्थ्य बिमा लगायतका लघु निर्जीवन बिमा सम्बन्धी सेवा दिर्दैं आएको छ।

इन्सुरेन्सले ललितपुर, गुसिङ्गलमा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ३ शाखा, ११ उप(शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयहरू मार्फत प्रदान गर्दै आइरहेको छ। प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, कम्पनी ऐन २०६३ बमोजिम मिति २०७९ पौष १२ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत् दर्ता भएको हो।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?