काठमाडौँ। कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरीय च्याउ उत्पादन गर्ने उद्देश्यका साथ काम गर्दै आइरहेको बताएको छ । कम्पनीले मकवानपुरको थाहा नगरपालिका–१ स्थित चिल्ताङमा केहि वर्षदेखि व्यवसायीक रूपमा च्याउ उत्पादन गर्दै आइरहेको छ।
हाल व्यावसायिक रूपमा ५ प्रजातिको च्याउ खेती भइरहेको छ गोब्रे ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मा तीमध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ, जसले देशको कुल च्याउ उत्पादनको ४५ प्रतिशत ओगटेको छ । उक्त बजारलाई मध्यनजर गर्दै यसबाट स्वास्थ्यलाई हुन सक्ने असङ्ख्य लाभहरू तथा आर्थिक लाभ समेत लिन सक्ने भएकाले गोब्रे च्याउ उत्पादन गर्न कम्पनी स्थापित भएको थियो ।
हाल यस संस्थामा विभिन्न व्यावसायिक क्षेत्रका सेयर धनीहरूबाट १४ करोड लगानी जम्मा गरी चित्लाङको १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन ६०० के.जी. गोब्रे च्याउ उत्पादन गर्दै आइरहेको छ ।
यस कम्पनीले कुल राष्ट्रिय उत्पादनमा टेवा पुर्याइरहेकोमा नेपाल सरकारबाट उचित अनुदान समयमा नपाउनु, बेला बखतमा कच्चा पदार्थ र मल नपाउनुका साथै छिमेकी देशहरूबाट लुकाई छिपाई नेपालमा भित्रिने च्याउ नै बजारको प्रमुख चुनौतीको रूपमा रहेको कम्पनीका अध्यक्षको भनाई छ।

































