National life

बाढीपीडितका लागि राष्ट्र बैंकको ठूलो निर्णय, कागजातबिनै बैंकिङ सेवा पाइने

चेक–कार्डदेखि मोबाइलसम्म गुमाएकालाई बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ दिन अगाडि|१७ भदौ २०८३, बुधबार
901Shares
बाढीपीडितका लागि राष्ट्र बैंकको ठूलो निर्णय, कागजातबिनै बैंकिङ सेवा पाइने
ncell

काठमाडौँ । बाढीपहिरोका कारण बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ सेवा लिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै प्राकृतिक विपत्तिबाट प्रभावित ग्राहकलाई आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार ग्राहकले बैंकमा यसअघि उपलब्ध गराएको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहक पहिचान गरी वित्तीय सेवामा पहुँच सुनिश्चित गर्नुपर्नेछ ।

हालै रसुवालगायतका जिल्लामा आएको प्राकृतिक विपत्तिका कारण बैंकिङ कारोबारका लागि आवश्यक कागजात तथा सामग्री गुमाएका ग्राहकलाई यस्तो सुविधा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्राहकको पहिचान बैंक तथा वित्तीय संस्थासँग रहेको ग्राहकसम्बन्धी विवरणसँग भिडाएर पुष्टि गर्नुपर्नेछ । पहिचान सुनिश्चित भएपछि आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन बैंकहरूलाई भनिएको छ ।

त्यस्तै, प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सेवा लिन सहजीकरण गर्ने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
901SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?