काठमाडौं । बिजयादशमीमा हुने सार्वजनिक विदामा पनि बैंकहरूले बैंकिङ सेवा उपलव्ध गराउने भएका छन् । नेपालीहरुको महान पर्व बिजयादशमीको अवसरमा हुने सार्वजनिक विदाको समयमा पनि बैंकहरूले सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलव्ध गराउने भएका हुन् ।
विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले दसैँको बिदाका दिन पनि देशका विभिन्न स्थानमा शाखाहरु खुला गरी ग्राहकलाई सुविधा प्रदान गर्ने भएका हुन्। बैंकहरुले बिदाका दिन कात्तिक ४ गते , कात्तिक ५ गते , कात्तिक ६ गते, कात्तिक ८ गते र कात्तिक ९ गते दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएका छन्।
टीकाका दिन भने सबै बैंकहरुको कार्यालयहरु बन्द हुने जनाएको छ ।















































