काठमाडौं । Nepal Automobile Importers and Manufacturers Association (NAIMA) द्वारा आयोजना भइरहेको NAIMA Nepal Mobility Expo 2026 मा बैंकिङ्ग पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ०।५ प्रतिशत सेवा शुल्क (Processing Fee) तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ । उक्त विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म ९११–१६ अगस्ट २०२६० आयोजना भइरहेको NAIMA Nepal Mobility Expo 2026 अवधिभर लागू हुनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नु हुनेछन् । यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।
फ्mोनः ०१–५९७००२०
ईमेलः customercare@sbl.com.np


































