National life

अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्र सुधारको दिशामा रहेको बैंकर्स संघको धारणा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ जेठ २०८०, सोमबार
2.2kShares
अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्र सुधारको दिशामा रहेको बैंकर्स संघको धारणा
ncell

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्र सुधारको दिशामा रहेको बताएका छन्। सोमबार पत्रकार सम्मेलनको आयोजना गरी देशको अर्थतन्त्र अहिले सकारात्मक रहेको अध्यक्ष केसीले बताएका हुन्।

केसीले अहिले बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढ्दै गइरहेको, बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि सुधार हुँदै गएकोले यसले अर्थतन्त्रमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

‘हामीलाई केही प्रेसर खराब कर्जाको हो, तर अन्य देशको तुलनामा हामी सन्तुलित अवस्थामा छौं, निर्माण, सिमेन्ट र अटो लगायत क्षेत्रमा रिकभरीको समस्या हुँदा खराब कर्जा बढेको थियो, अब ती क्षेत्रमा पनि सुधार भएको हामीले महसुस गरेका छौं, अर्थतन्त्र सही दिशामा रहेको हाम्रो बुझाइ हो, असार मसान्तमा पनि अहिलेको हाराहारीमा नै खराब कर्जाको अनुपात रहन्छ,’ एनएमबि बैंकका सीईओ समेत रहेका केसीले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब सरकारको खर्च पनि बढ्ने भएकोले बैंकको निक्षेपमा सुधार हुने केसीले । उनले अहिलेसम्म बैंकको निक्षेपमा ३ खर्बको वृद्धि भएको बताउँदै अझै २ खर्ब रुपैयाँ निक्षेप बढ्न सक्ने बैंकर्सको अनुमान रहेको बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?