काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदै गरेको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै मिति शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ।
बैशाख ७ गते बैंकको वार्षिकोत्सव हो। बैंकले सुदुरपश्चिम प्रदेश अन्तर्गत सुख्खड शाखा र बागमती प्रदेश अन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा अवस्थित स्थानिय सि.एस.अस्पताल संगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ ।
यसैगरी बागमती प्रदेशको काठमाडौँ जिल्ला अन्तर्गत कपन शाखाले नेपलिज सोसाइटी अफ कम्यूनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा सफलतापूर्वक स्वास्थ्य शिविर संचालन गरेको छ।
कार्यक्रममा सरस्वतीनगरको परिक्रमा र्याली साथै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी कक्षा संचालन पनि भएको थियो । यसका साथै विरामीहरुको रक्तचाप, मधुमेह परीक्षण लगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको थियो।
उक्त स्वास्थ्य शिविरहरुमा करिब ३५० जना व्यक्तिहरुले स्वास्थ्य सेवा प्राप्त गरेका थिए । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो।
निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए।टि।एम। र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४३ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

































