काठमाडौँ। मध्यपूर्व एसियामा बढ्दै गएको भू-राजनीतिक अस्थिरताका कारण विश्वभर ऊर्जाको आपूर्ति शृङ्खला प्रभावित भएको छ। यसको प्रत्यक्ष असर बिस्तारै नेपाली बजारमा पनि देखिन थालेको छ, जहाँ खाना पकाउने ग्यासको आपूर्तिमा अनिश्चितता र अभाव सिर्जना हुन थालेको छ।
यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै, नेपालको अग्रणी ब्रान्ड सीजीका साना घरायसी उपकरणले आफ्ना अत्याधुनिक ८ वटा कुकटप मोडलहरू बजारमा सार्वजनिक गरेको छ। ग्यासको परनिर्भरतालाई तोड्दै स्वदेशी जलविद्युतको प्रयोगलाई बढावा दिन सीजीले उच्च प्रविधि र सुरक्षासहितका यी उपकरणहरू ल्याएको हो।
सीजीले उपभोक्ताको आवश्यकता र भाँडाकुँडाको प्रयोगलाई ध्यानमा राख्दै तीन विधामा ८ वटा फरक मोडलहरू प्रस्तुत गरेको छ:
- ५ इन्डक्सन कुकटप मोडलहरू: तीव्र गतिमा खाना पकाउन र उच्च ऊर्जा बचतका लागि।
- High-Quality IGBT: उपकरणको मुटु मानिने IGBT उच्च गुणस्तरको प्रयोग गरिएको छ, जसले भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै लामो समयसम्म टिकाउपन सुनिश्चित गर्छ।
- उत्पादनमा वारेन्टी: सबै ८ वटै मोडलका कुकटपहरूमा १२ महिना (१ वर्ष) को पूर्ण वारेन्टी।
देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट www.cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।


































