National life

वस्तु खरिद बिक्रीमा अनिवार्य बिल लिन दिन सरकारको ताकेता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
842Shares
वस्तु खरिद बिक्रीमा अनिवार्य बिल लिन दिन सरकारको ताकेता
ncell

काठमाडौँ - आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन उपभोक्ता तथा व्यवसायीसँग आग्रह गरेको छ। कर अनुपालन बढाउन र वास्तविक कारोबारलाई प्रणालीमा ल्याउन विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।

विभागले करदातालाई प्रोत्साहन गर्न हाल ‘उपहार कार्यक्रम’ समेत सञ्चालन भइरहेको जनाएको छ। उक्त कार्यक्रममा सहभागी भई पुरस्कार दाबी गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्तालाई सामान वा सेवा लिँदा बिल माग्न आग्रह गरिएको छ।

यस्तै, हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेकालाई तत्काल प्यान लिएर कर प्रणालीमा आबद्ध हुन विभागले ताकेता गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वस्तु तथा सेवा बिक्री गर्दा उपभोक्तालाई अनिवार्य बिक्री बिल जारी गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले यसले कर प्रणालीलाई थप पारदर्शी बनाउने जनाएको छ।

बीजक लिने–दिने बानीको विकासले वास्तविक कारोबारको सही अभिलेख रहने र करदातामा स्वेच्छिक कर अनुपालनको संस्कृति प्रवर्द्धन हुने विभागको विश्वास छ।

यो समाचार शेयर गर्नुहोस्
842SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?