National life

भारतको अड्कोले बंगलादेशतर्फ थप २० मेगावाट विद्युत् निर्यात रोकियो

थप निर्यातका लागि सैद्धान्तिक सहमति गरे पनि कार्यान्वयन चरणमा प्रवेश गर्न सकेको छैन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
993Shares
भारतको अड्कोले बंगलादेशतर्फ थप २० मेगावाट विद्युत् निर्यात रोकियो
ncell

काठमाडौं । नेपालले भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ थप २० मेगावाट विद्युत् निर्यात गर्ने तयारी गरे पनि भारतीय पक्षबाट अनुमति नआउँदा प्रक्रिया अघि बढ्न सकेको छैन।

अहिले नेपालबाट भारत हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ। सन् २०२५ नोभेम्बरमा भएको नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले थप निर्यातका लागि सैद्धान्तिक सहमति गरे पनि कार्यान्वयन चरणमा प्रवेश गर्न सकेको छैन।

भारतीय निकायले भारत–बंगलादेश अन्तरदेशीय लाइनमा सीमित अतिरिक्त क्षमता मात्र उपलब्ध रहेको र थप विद्युत् प्रवाह गर्दा प्रणालीमा दबाब पर्न सक्ने भन्दै प्राविधिक कारण प्रस्तुत गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस विषयमा उच्चस्तरीय निर्णय आवश्यक पर्ने संकेत समेत गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपाल थप २० मेगावाट विद्युत् तत्काल उपलब्ध गराउन सक्षम भए पनि भारतीय पक्षले नेटवर्कमा ओभरलोड हुने जोखिम औंल्याउँदै अनुमति दिन ढिलाइ गरिरहेको छ। यद्यपि, केही प्राविधिक व्यवस्थापनमार्फत आपूर्ति सम्भव हुन सक्ने नेपाली पक्षको धारणा छ।

नेपाल–भारत–बंगलादेशबीचको त्रिपक्षीय ऊर्जा व्यापार प्रक्रिया अघि बढाउन आवश्यक बैठकहरू लामो समयदेखि हुन नसक्दा पनि विषय अघि बढ्न नसकेको हो। नेपालले कूटनीतिक पहलमार्फत वार्ता अघि बढाउने प्रयास गरिरहेको छ।

ऊर्जा व्यापार विस्तारमा देखिएको यो ढिलाइले अन्य व्यापारिक क्षेत्रहरूमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। समग्रमा, विद्युत् निर्यात विस्तारमा प्राविधिकभन्दा कूटनीतिक पक्ष बढी चुनौतीपूर्ण बनेको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
993SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?