National life

आजदेखि भारतले नेपाललाई १२ घण्टा मात्रै विद्युत् दिने, लोडसेडिङ सुरु हुँदै हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
1KShares
आजदेखि भारतले नेपाललाई १२ घण्टा मात्रै विद्युत् दिने, लोडसेडिङ सुरु हुँदै हो ?
ncell

काठमाडौँ । नेपाललाई आजदेखि भारतले १२ घण्टा मात्रै विद्युत् दिने भएको छ। यस अगाडि २० घण्टा आयात हुँदै आएकामा भारतले अब लोसार आवर (बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्रै नेपाललाई विद्युत् बिक्री गर्ने भएको हो ।

भारतले नेपालमा विद्युत् निर्यात गर्दा भएको सम्झौताको स्वीकृति दिँदा नै लोसार आवरमा मात्रै दिने सर्त कायम भएको थियो । सोही सर्त अनुसार भारतले २०२५ मार्च १५ तारिखदेखि जुन ३० सम्म सोलार आवरमा मात्रै नेपाललाई बिजुली दिने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १२ घण्टा मात्रै विद्युत् आयात भए पनि उपभोक्तालाई भने केही समस्या नहुने बताएका छन्। आर्थिक भ्वाइससँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले यो कुनै नयाँ सम्झौता नभएर पुरानै सर्त भएको र प्राधिकरणले मिलाएर विद्युत् वितरण गर्ने जनाएका छन् । उनले उद्योगहरूमा भने विद्युत् कटौती गर्नुपर्ने अवस्था आउने जनाएका छन् । लोडसेडिङ नै भन्ने होइन, तर उद्योगमा भने लाइन कटिने अवस्था आउने देखिन्छ’ उनले भने । हाल नेपालमै विद्युत् उत्पादन बढिरहेको कारण माग घट्दो रहेकाले पनि व्यवस्थापनमा सहज हुने उनको भनाई छ ।

नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेकाले हिउँदमा विद्युत् उत्पादन करिब एक तिहाइमा सीमित हुन्छ। त्यसैले प्राधिकरणले हिउँद सुरु हुनासाथ भारतबाट आयात गरेर बिजुली आपूर्ति गर्दै आएको छ। हाल पिक समयमा करिब १ हजार ९०० मेगावाट बिजुलीको माग रहेको छ । तर, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजनाबाट करिब १३ सय मेगावाट मात्र उत्पादन हुने गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?