National life

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, सरोकारवालासँग सुझाव माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
661Shares
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, सरोकारवालासँग सुझाव माग
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट सार्वजनिक गरेलगत्तै केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी शुरु गरेको हो।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव उपलब्ध गराउन सर्वसाधारण तथा सरोकारवालासँग आग्रह गरेको छ। साथै उसले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन बजेटले केहि कुरा सम्बोधन गरेको र बाँकी कुरा मौद्रिक नीतिमार्फत सहजिकरण गरिने बताएका थिए।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासदेखि नै मौद्रिक नीतिलाई केहि लचिलो बनाएको छ। राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार साउन ७ गतेभित्र मौद्रिक नीति ल्याउनु पर्ने प्रावधान छ ।

 

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?