National life

लयमा फर्किदै शेयर बजार: आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी कुन कुन छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ माघ २०८०, बिहिबार
783Shares
लयमा फर्किदै शेयर बजार: आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी कुन कुन छन् ?
ncell

काठमाडौंः सेयर बजार निरन्तर चौथो दिन समेत सामान्य अंकले बढेको छ । उक्त दिन बजार ५.७० अंकले बढेर २०९६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजारको कारोबार भएको छ ।

सेयर बजारका लागि आवश्यक परिसूचक सकारात्मक हुनुको साथै बैंकको ब्याजदर समेत घट्दो अवस्थामा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यी र यस्ता सकरात्मक विषयका कारण सेयर बजार बढ्न बल पुगि रहेको अवस्था छ । अर्थतन्त्रका अधिकांश सूचक सुधारको बाटोमा गइरहेका छन् ।

कारोबार साताको अन्तिम दिन नेप्सेमा सूचीकृत १५७ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज समाज लघुवित्त र बुद्ध भुमी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेको हो ।

त्यस्तै, यस दिन त्रिशुली जलविद्युत कम्पनी, किसान लघुवित्त, माया खोला हाइड्रोपावर, इन्ग्वा हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

भने यता नेप्सेमा सूचीकृत ८२ कम्पनीहरुको शेयरमूल्य ओरालो लागेको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेर कारोबार भएको छ ।

त्यस्तै, आज आरबिबि म्यचुअल फण्ड १, गणपति लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड १, लक्ष्मी उन्नती कोष, ज्योति विकास बैंक बोन्ड २०८७, बीपीडब्लू लघुवित्त र सानिमा इक्विटी फण्डको शेयरमूल्य क्रमशः सर्वाधिक घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
783SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?