काठमाडौं । आज पौष २२ गते आईतबार साताको पहिलो कारोबारका दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आजको दिन बजार २६.३६ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । आज कारोबामा आएका कम्पनीहरुमध्येमा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ ।
आज कम्पनीको २८ करोड ५६ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्टको १९ करोड ९४ लाख ४३ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तैगरी उक्त दिन माउन्टेन इनर्जीको १५ करोड ९० लाख २ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६८ लाख ७७ हजार रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।
क्रमश: अन्यको हेर्नुहोस्



































