काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से परिसूचक ९ अंकले बढेको छ । आज नेप्से सामान्य अंकले बढेसँगै ११८ कम्पनीहरुको शेयरमूल्य बढेको हो ।
मंगलबार नेप्से २०.२९ अंकले बढेर २०७९ विन्दुमा पुगेको थियो ।
स्टक मार्केटमा बुधबार एक करोड ३४ ललाख ७७ हजार ८०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४७ लाख ७८ हजार ६१९ रुपैयाँको कारोबार भएको छ।
नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन सोमबारदेखि लगातार उकालो लाग्ने क्रममा रहेपनि उपसूमहरुमा उतारचढाव कायमै छ । विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमा उपसमूह पनि दोहोरो अंकले ऋणात्मक देखिएका छन् ।
बुधबारका दिनमनकामना स्मार्ट लघुवित्त, हिमालयन रि, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, नाग्दी ग्रुप पावर, उन्नती सहकार्य लघुवित्त, मानुषि लघुवित्त, सोनापुर मिनरल्स, सिद्धार्थ इक्विटी फण्ड र जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ ।



































