National life

निर्माण क्षेत्र चलायमान बनाउन सरकार–निजी क्षेत्र सहकार्यमा जोड

पूर्वाधार विकासमा तीव्रता ल्याउन प्रधानमन्त्रीको पहल, व्यवसायीका गुनासा सुन्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२५ असार २०८३, बिहिबार
1.3kShares
निर्माण क्षेत्र चलायमान बनाउन सरकार–निजी क्षेत्र सहकार्यमा जोड
ncell

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या र सुधारका उपायबारे निर्माण व्यवसायीहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग भएको भेटघाटमा उहाँले निर्माण क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउनुभयो।

प्रधानमन्त्री शाहले निर्माण व्यवसायले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विस्तारमा ठूलो योगदान पुर्‍याउने उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यवहारिक समस्या समाधान गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो। उहाँले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न पारदर्शिता, जिम्मेवारी र परिणाममुखी कार्यशैली आवश्यक रहेको पनि जोड दिनुभयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छलफलका क्रममा महासंघका अध्यक्ष निकोलश पाण्डेसहित पदाधिकारीहरूले निर्माण क्षेत्रले भोगिरहेका विभिन्न चुनौतीबारे जानकारी गराएका थिए। उनीहरूले भुक्तानीमा ढिलाइ, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयनमा ढिलासुस्ती, मूल्य समायोजन तथा बैंकिङ र लगानीसम्बन्धी समस्याहरू प्रमुख रूपमा उठाएका थिए।

त्यसैगरी, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको धारणा व्यवसायीहरूले राखेका छन्। सरकारले आवश्यक नीतिगत सहजीकरण गरेमा निर्माण क्षेत्र थप सक्रिय हुने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?