National life

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते ललितपुरमा हुने

‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आयोजना हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०४ असार २०८३, बिहिबार
850Shares
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते ललितपुरमा हुने
ncell

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ आयोजना गर्ने भएको छ । सम्मेलन यही असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेन, सनसिटी, सानेपामा आयोजना हुने महासंघले जनाएको छ ।

‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य लिएको छ ।

महासंघका अनुसार संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय कृषक महिला वर्ष’ घोषणा गरेको सन्दर्भमा यो सम्मेलन अझ सान्दर्भिक हुने अपेक्षा गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालमा ग्रामीण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिलाहरू कृषि कार्यमा संलग्न रहेको तथा देशभर सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थामा करिब ५६ प्रतिशत महिलाको सक्रिय सहभागिता रहेको महासंघले जनाएको छ । सहकारीमार्फत महिलाहरूले बचत समूहदेखि ठूला वित्तीय संस्थासम्म योगदान पुर्याउँदै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघका अनुसार सहकारी क्षेत्रले महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । साथै, सहकारीले महिलाको निर्णय प्रक्रियामा सहभागिता विस्तार, सामाजिक चेतना अभिवृद्धि तथा अधिकार र स्वास्थ्य शिक्षाको प्रवद्र्धनमा पनि सहयोग पुर्याएको बताइएको छ ।

सम्मेलनका क्रममा नीति संवाद, कार्यपत्र प्रस्तुति, महिला सहकारीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, अन्तर्राष्ट्रिय अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम तथा विश्व सम्पदा क्षेत्र अवलोकनलगायत कार्यक्रमहरू हुनेछन् ।

महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । कार्यक्रममा एफएओ नेपाल र हेफर इन्टरनेसनल सह–आयोजक रहनेछन् ।

त्यसैगरी विभिन्न बैंक, सहकारी संस्था तथा संघ–संस्थाहरू साझेदारका रूपमा रहनेछन् भने सातै प्रदेशबाट २०० भन्दा बढी महिला सहकारीकर्मी तथा पदाधिकारीहरूको सहभागिता रहने जनाइएको छ । भारत, भुटान, थाइल्यान्ड र श्रीलंकालगायत देशका सहकारी अभियन्ता तथा विशेषज्ञहरूको पनि सहभागिता रहनेछ ।

सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र–२०२६’ जारी गरिनेछ । यस घोषणापत्रले महिला सशक्तीकरण, लैंगिक समानता, दिगो कृषि प्रणाली र सहकारी विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

महासंघले सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय सहकारी संवाद तथा महिला नेतृत्व विकासको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?