काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी, दर्शन बचत तथा ऋण सहकारी र सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका कुल ११४ जना ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको सूचीअनुसार लालीगुराँस सहकारीका १३ जना, सुमेरुका ३१ जना, नेशनल नमोबुद्धका ११ जना, दर्शन सहकारीका ५४ जना र सिभिल सहकारीका ५ जना ऋणी रहेका छन्।
समितिका अनुसार उपलब्ध ऋणसम्बन्धी विवरणका आधारमा नामावली तयार पारिएको हो।
समितिले सम्बन्धित ऋणीहरूलाई लिएको ऋण तत्काल चुक्ता गर्न आग्रह पनि गरेको छ।

































