National life

‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्रीमा, न्यूनतम २५ कित्तादेखि आवेदन

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०८ असार २०८३, सोमबार
1.1kShares
‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्रीमा, न्यूनतम २५ कित्तादेखि आवेदन
ncell

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नाममा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

कुल निष्कासनमध्ये १८ लाख कित्ता निजी तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक रूपमा खुला गरिनेछ। सार्वजनिक निष्कासनअन्तर्गत ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया असार १६ गतेदेखि सुरु भई छिटोमा असार १९ गते र ढिलोमा असार ३० गतेसम्म खुला रहनेछ।

न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गर्नेछ। बैंकले यसअघि नै नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?