National life

एनएमबि बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउँदै, बोर्डसँग माग्यो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
950Shares
एनएमबि बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउँदै, बोर्डसँग माग्यो अनुमति
ncell

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

ऋणपत्र निष्कासनका लागि बैंकले अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा वैशाख ११ गते नै आवेदन दियी सकेको छ । बैंकले एनएमबि पावर बोन्ड–१ नामक ऋणपत्र ल्याउन लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाई मध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २० इकाइ बैंकले सर्वसाधारणका लागि जारी गर्ने उल्लेख गरेको छ ।

बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। एनएमबि बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
950SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?