National life
cg eloctronics

छिमेक लघुवित्तका सेयरधनीलाई बम्पर लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
1.4kShares
छिमेक लघुवित्तका सेयरधनीलाई बम्पर लाभांश घोषणा
muktinatha bikash bank

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको हाल कायम चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा रहेको छ। यसअनुसार कम्पनीले ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा नगद लाभांश वितरण गरिनेछ। उक्त नगद लाभांशमा बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

everest bank

यसरी कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल ९० करोड ४३ लाख १६ हजार २५ रुपैयाँ ३८ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?