National life

हिमालयन रि इन्स्योरेन्सको सभा आह्वान, शेयर धनीलाई लाभांश वितरण सहित यी हुन मुख्य एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ जेठ २०८२, शुक्रबार
882Shares
हिमालयन रि इन्स्योरेन्सको सभा आह्वान, शेयर धनीलाई लाभांश वितरण सहित यी हुन मुख्य एजेण्डा
ncell

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने उक्त लाभांश पारितका लागि साधारण बोलाएको जनाएको छ ।

कम्पनीले जेठ २५ गते, आइतबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । त्यस्तै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू समेत समावेश गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसर्थ जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
882SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?