National life

स्नो रिभर्सले बाँड्ने भयो बोनस र नगद लाभांश, बुक क्लोज कहिले ?

स्नो रिभर्सका सेयरधनीलाई १०.५२% लाभांश, १०% बोनस सेयर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|३० भदौ २०८३, मङ्गलबार
1.3kShares
स्नो रिभर्सले बाँड्ने भयो बोनस र नगद लाभांश, बुक क्लोज कहिले ?
ncell

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी ९३ लाख ७५ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा असोज २१ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन प्रालिमा बिहान साढे ८ बजे बस्नेछ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ। यस्तै, एनएमबि बैंकबाट ऋण स्वीकार गर्ने तथा जलविद्युत् आयोजना र अन्य कम्पनीमा सेयर लगानी गर्ने निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

त्यसैगरी, एक जना सर्वसाधारण सेयरधनीको निर्वाचन, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा छलफल हुनेछ।

कम्पनीले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र कम्पनीका केही व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत साधारणसभामा लैजाने भएको छ।

साधारणसभा तथा प्रस्तावित लाभांश वितरणका लागि कम्पनीले असोज ८ गते बिहीबार एक दिन सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने जनाएको छ। त्यसअघि कायम सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?