National life

स्नो रिभर्सको आईपीओ बाँडफाँड, क-कसले पाए सेयर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
1.8kShares
स्नो रिभर्सको आईपीओ बाँडफाँड, क-कसले पाए सेयर ?
ncell

काठमाडौँ। स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो। कम्पनीले चैत्र ९ गतेदेखि चैत्र २९ गतेसम्म आयोजना प्रभावित ताप्लेजुङ र पाँचथर जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले स्थानीयलाई ९ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आईपीओ बाँडफाँड हुँदा अति प्रभाविततर्फका स्थानीयले अधिकतम ९७० कित्तासम्म शेयर पाएका छन् । यस समूहमा ९३० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १००० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ९६० कित्ता शेयर पाएका छन् । ति मध्येबाट २१० जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै प्रभावित समूहतर्फ भने लगानीकर्ताले १८० कित्तासम्म शेयर पाएका छन् । यस समूहमा १७० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १८० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान १७० कित्ता शेयर पाएका छन् । ति मध्येबाट ११६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।  अब कम्पनीले आम लगानीकर्तालाई शेयर निष्काशन गर्ने छ।

यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ। यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन्। कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तरा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?