National life

स्नो रिभर्स लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
1.5kShares
स्नो रिभर्स लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला
ncell

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले कुल ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरिसकेको थियो। सो प्रक्रिया सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो आईपीओ छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी–आईआर डबल बी प्लस’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट दिन सकिन्छ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि गर्न सकिने व्यवस्था छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?