National life
cg eloctronics

एमालेको माग बमोजिम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
1.6kShares
एमालेको माग बमोजिम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति
muktinatha bikash bank

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ । नेकपा एमालेको माग बमोजिम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको हाे ।

उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्तौलालगायतको सहभागितामा बसेको बैठकले आयोग गठन गर्ने सहमति गरेको हो ।

एमाले सचेतक बर्तौलाले आयोगको कार्यादेश तीन महिनाको हुने जानकारी दिए ।

आयोगले विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको, साउन २ गते ब्रेकसुमा राखी तस्करी गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई स्वतन्त्र र निस्पक्ष छानबिन गर्ने बर्तौलाले जानकारी दिए ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?