National life
cg eloctronics

सामाजिक सुरक्षा कोष दुःखको साथी रहेछ, योगदानकर्ता : कुलमणी तिम्सीना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असोज २०८२, शुक्रबार
1.3kShares
सामाजिक सुरक्षा कोष दुःखको साथी रहेछ, योगदानकर्ता : कुलमणी तिम्सीना
ncell

काठमाडौं । नेपाल सरकारले संचालन गरेको सामाजिक सुरक्षा योजनाको बारेमा कतिलाई थाँहा छ भने कतिलाई जानकारी नै छैन । तर, यसमा हामीले थाहाँ पाउँनै पर्ने कुरा के छ भने – जसले उक्त कोषको बारेमा जानकारी हाँसिल गरेका छन वा सो योजनामा नजिकीएका छन् त्यस्ता व्यक्तीहरु–फर्की फर्की सामाजिक सुरक्षा योजनामा जोडिएको उदाहरणहरु कोषसँग प्रशस्त रहेको छ।

आर्थिक भ्वाईस डटकमले सामाजिक सुरक्षा कोषले जानकारी दिए जस्तै एक जना पात्र पनि फेला पारेको छ। कोषले दिएको जानकारी अनुसार सामाजिक सुरक्षा योजनामा जोडिएका बिराटनगरका कुलमणी तिम्सीना हुन् जसले आफ्नो दुर्घटनाका बेलामा साजिक सुरक्षा कोषमा रहेको रकमले राम्रो सहयोग मिलेको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

                               यस्तो थियो घटना एक दिन तिम्सीनाले अचानक दुर्घटना व्यहोर्नु पर्यो । हुन त भवितव्य कसले पो देखेको हुन्छ र । आफ्नै घरको छतबाट अकस्मात खसेका उनले आफूले व्यहोरेको दुर्घटनामा सामाजिक सुरक्षा कोषकै कारण करिब ७ लाख रुपैयाँसम्म प्राप्त गरेको अनुभव पनि सुनाएका छन् । सोही रकमका कारण उनलाई निकै सहज भएको उनले बताएका हुन् । कुनै दिन सामाजिक सुरक्षा कोषमा आवद्ध भएकै कारण कोषले आफूलाई बचाएको प्रसंग पनि उनले सुनाए ।

कोरोना महामारीको पहिलो कहर सक्किएर दोस्रो लटमा महामारी प्रवेश गर्दै थियो । सोही बेलामा तिम्सीनाले आफू सामाजिक सुरक्षा कोषमा आवद्ध हुने मौका पाएको बताउँछन् । पहिले कार्यालयिक र व्यक्तीगत हिसाबमा जोडिएका उनले पुन व्यक्तीगत रुपमा मात्रै जोडिएको बताए ।

त्यसरी विगत एक वर्षदेखि उनले सामाजिक सुरक्षा कोषमा व्यक्तीगत रुपमा योगदान गर्दै आएका छन् । यता सामाजिक सुरक्षा कोषले पनि कार्यालयबाट जोडिएका नागरिकहरुले व्यक्तीगत रुपमा समेत जोडिनुलाई आफूहरुको अवधारणामा ग्राहकरुको पनि सकारात्मक बुझाई रहेको बताएको हो । कोषले सामाजिक सुरक्षा कोष नेपालमा मात्र नभई विश्वव्यापी रुपमा संचालित अवधारणा भएकाले पनि यसलाई कुनै निश्चित पार्टीले ल्याएको कार्यक्रम वा कोषले फाइदाको लागि पैसा राख्ने परिपाटीको रुपमा पनि नबुझ्न अनुरोध गरेको छ ।

साथै, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आर्थिक भ्वाईससँग भने,‘सामाजिक सुरक्षा कोषसँग विविध पक्ष जोडिएका छन् । मुख्यतय व्यक्तीको आर्थिक पक्षसँग यसले सिधै सरोकार राख्ने भएको सरकारले संचालन गरेको धेरै राम्रा योजना मध्ये यो पनि एक बन्न पुगेको छ।’

हुन त सुरुवाती चरणमा सामाजिक सुरक्षा कोषको बारेमा नागरिकले राखेका पैसा पाउँन केही ढिलाई हुने व्यवस्था रहको भन्दै त्यसको बारेमा बढी हाइलाइट गरिएको अवस्था भए पनि हाल भुक्तानी लिन सकस हुने बाटो मिलेसम्म खुला गरिएको कोषले बताएको छ । आगामी दिनमा अन्य क्षेत्रमा जस्तै जति धेरै योगदान हुँदै जान्छ त्यति धेरै सेवा सुविधा बढाउँदै लाने कोषको योजना रहेको छ ।

nic asia capital

यता, उनै योगदानकर्ता तिम्सीनाले आफू कुनै पनि रोजगारीमा लागेको भए पनि वा कुनै रोजगारीमा नलागेको अवस्थामा पनि सामाजिक सुरक्षा योजनामा जोडिन सकिने भएकाले यसलाई कोषको निकै सुन्दर पक्ष मानेका छन् । त्यस्तै,कोषमा सम्भव भएसम्म जो कोहीले आवद्ध हुनुपर्ने सुझाव दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?