National life

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
543Shares
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने
ncell

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने भएकाे छ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा स्वतन्त्र र निश्पक्ष उच्चस्तरिय छानबिन समितिको अडानबाट पछि नहट्ने भएको हाे ।

आज (आइतबार) पार्टी कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले करिब क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले नै तस्करहरुलाई संरक्षण गरेको आराेप लगाए । उनले सरकारले आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्न नचाहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति वाचन गर्दै गौतमले एमालेले अघि सारेको माग पुरा नभएसम्म दबाबका कार्यक्रम जारी नै राख्ने एमाले निर्णय कायम रहेको बताए । ‘सरकार समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ । माग पुरा नभएसम्म दवावका कार्यक्रम चलाउने कुरा यथावत छ’, गौतमको भनाइ छ ।

उनले सत्ता संरक्षित र सुनियोजित ढंगले भएको सुन तस्करी प्रकरणका घटना बारम्बार दोहोरिएकाले गहिराइमा पुगेर अनुसन्धान हुनुपर्ने बताए ।

‘सत्यतथ्यको गहिराइमा आवस्यक नीतिगत कानुनी स्वतन्त्र, निश्पक्ष र न्यायीक छानबिन समिति गठन हुनुपर्छ’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?