National life

मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न एमालेले सहयोग गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
586Shares
मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न एमालेले सहयोग गर्ने
ncell

काठमाडौं । नेकपा एमालेले मिटरब्याज सम्बन्धी विधेयक पास गर्न सहयोग गर्ने भएको छ । आज प्रतिनिधिसभाको बैठकमा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सहयोग गर्ने भएको हाे ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मिटरव्याजबारे सरकारले ‘आफूले काँक्रो चोरेर बियाँ अरूको गालामा टाँसिदिने’ सरकारको यस छलकपट र द्वैध भूमिकाको भर्त्सना गरेको थियो ।

साथै, बैठकले सरकारकै कारण प्रतिस्थापन विधेयक निष्क्रिय भइसकेको परिप्रेक्ष्यमा अविलम्ब नयाँ विधेयक ल्याउन पार्टी सरकारको ध्यानाकर्षण गराएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेकाे बैठकमा उपाध्यक्ष सुवास नेम्वाङले सभामुख देवराज घिमिरे, कांग्रेसका नेताहरू र कानुनमन्त्री धनराज गुरुङलाई भेटेर उक्त विधेयक अघि बढाउन सुझाव दिएका थिए । सोही सहमतिअनुसार एमालेले मिटरब्याज सम्बन्धी विधेयक पारित गर्न सहयोग गर्ने भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?