National life

अक्टुबरमा १ लाख २८ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१६ कात्तिक २०८२, आइतबार
1.4kShares
अक्टुबरमा १ लाख २८ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण
ncell

काठमाडौं। सन् २०२५ को अक्टुबरमा १ लाख २८ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टुबर महिनामा १ लाख २८ हजार ४४३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

यस अवधिमा भारतबाट १७ हजार २९८ जना पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८ र चीनबाट ६ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७, श्रीलंकाबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बंगलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२४ को अक्टुबरमा १ लाख २४ हजार ३९१ जना पर्यटक नेपाल आएका थिए । कोभिड अगाडी सन् २०१९ को अक्टुबरमा भने १ लाख ३४ हजार ६९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?