काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा ७ व्यापारीलाइ कारबाही गरेकाे छ । विभागले ७ व्यापारीबाट ७० हजार रुपैयाँबराबरको जरिवाना गरेको हाे ।
विभागका अनुसार अनुगमनको क्रममा असहयोग गरेको भन्दै न्यूनतम् ५ हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म जरिवाना गरिएको हो ।
विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार खरिद बिलविजक नराखेको र अनुगमनमा असहयोग गरेको अभियोगमा सबैभन्दा बढी ललितपुरस्थित कुमारीपाटीको एक मिनी मार्टबाट २० हजार रुपैयाँ जरिवाना गरेको हो ।
पुरानो सिनामंगलस्थित एक खाद्य पसलबाट १० हजार, रानीवारीस्थित एक रेडिमेड पसलबाट ५ हजार, याट्खास्थित एक पसलबाट ५ हजार, रानीबारीकै अर्को रेडिमेड पसलबाट १० हजार, मध्यपुर ठिमीस्थित फर्निचर पसलबाट १५ हजार र सोही स्थानको खाद्य पसलबाट ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।


































