National life

अर्थ सहित चार समितिको बैठक बस्दै, बैंकिङ कसुर विधेयकमाथि छलफल गर्ने कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
1.4kShares
अर्थ सहित चार समितिको बैठक बस्दै, बैंकिङ कसुर विधेयकमाथि छलफल गर्ने कार्यसूची
ncell

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतको विभिन्न चार वटा समितिको बैठक बस्ने कार्यसूचि तय भएको छ ।

जसमध्ये अर्थ समितिको बैठक आज विहान ११ बजे बस्नेछ । आजको अर्थ समितिको बैठकमा बैंकिङ कसुर सजाय सम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने भएको छ ।

साथै, आजै लेखा समितिको बैठक पनि अपरान्ह १ बजे भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सार्वजनिक लेखा समितिको आजको बैठकमा ट्रंक तथा डेडिकेटेड विद्युत लाइनको महसुल बक्यौता सम्बन्धमा छलफल गरी आवश्यक निर्णय लिने कार्यसूचि रहेको छ ।

यता, उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि विहान ११ बजे बस्दैछ । त्यसैगरी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि १ बजे बस्दैछ । आजै विहान ११ बजे कानुन न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?