National life

उद्योग तथा वाणिज्य समितिको काम प्रभावकारी बनाउन नयाँ उपसमिति

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
1.5kShares
उद्योग तथा वाणिज्य समितिको काम प्रभावकारी बनाउन नयाँ उपसमिति
ncell

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले आफ्नो कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन उपसमिति गठन गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई समेट्दै बैठक व्यवस्थापन तथा कार्य सहजीकरणका लागि उपसमिति बनाउने निर्णय गरेको हो।

समिति सभापति रहबर अन्सारीले उपसमिति मुख्यतः बैठक व्यवस्थापन र कार्य सञ्चालनलाई सहज बनाउने उद्देश्यले गठन गरिएको जानकारी दिए। उनका अनुसार यसले आगामी बैठकहरूको तयारी, कार्यसूची समन्वय तथा समग्र कामलाई व्यवस्थित बनाउन सहयोग गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उपसमितिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रभा कार्की, हरिमोहन भण्डारी र प्रकाश पाठक रहेका छन्। त्यस्तै, नेपाली काँग्रेसबाट टेकबहादुर गुरुङ, नेकपा (एमाले) बाट कृपाराम राना तथा नेकपाबाट निराशा चौधरी सदस्यको रूपमा चयन भएका छन्।

यो उपसमितिले समितिको प्रशासनिक तथा व्यवस्थापकीय पक्षलाई चुस्त र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?