National life

प्रतिनिधि सभा निर्वाचन: आज मध्यरातदेखि मौन अवधि सुरु, उल्लंघन गरे मनोनयन रद्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१८ फागुन २०८२, सोमबार
1.2kShares
प्रतिनिधि सभा निर्वाचन: आज मध्यरातदेखि मौन अवधि सुरु, उल्लंघन गरे मनोनयन रद्द हुने
ncell

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज राति १२ बजेदेखि औपचारिक रूपमा मौन अवधि सुरु हुने भएको छ। राजनीतिक दल तथा उम्मेदवारहरूले आजसम्म मात्र प्रचारप्रसार गर्न पाउनेछन् भने त्यसपछि कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी गतिविधि गर्न नपाइने निर्वाचन आयोग ले जनाएको छ।

आयोगका अनुसार मौन अवधि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सुरु भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ। यस अवधिमा निर्वाचन प्रचारप्रसार, मत माग्ने अभियान, सार्वजनिक सभा, सम्मेलन, अन्तर्क्रिया, गोष्ठी, कार्यशाला लगायतका कार्यक्रम पूर्ण रूपमा निषेध गरिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुनै पनि विधि, प्रक्रिया वा सञ्चार माध्यममार्फत मत माग्ने वा प्रभाव पार्ने प्रयास गर्न पाइँदैन।

त्यस्तै, मतदान हुनुभन्दा ४८ घण्टा अघि नै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने प्रावधान रहेको आयोगले स्पष्ट पारेको छ। सामाजिक सञ्जालमार्फत हुने प्रचारप्रसारसमेत मौन अवधिको उल्लंघन मानिने भएकाले यसमा विशेष सतर्कता अपनाउन आयोगले आग्रह गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचारसंहिताविपरीत गतिविधि गरेको पाइएमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने कडा व्यवस्था छ। साथै, आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाइने चेतावनी आयोगले दिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मौन अवधिको पूर्ण पालना गर्न आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा मतदातासमक्ष आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?