काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा बैठकमा नियमावलीको नियम १३ अनुसार १५ सदस्यीय समिति गठन भएको घोषणा गरेका हुन् ।
नवगठित समितिमा विभिन्न सांसदहरू सदस्यका रूपमा चयन भएका छन् । सदस्यहरूमा डा.
अचुतम लामिछाने, आर्यन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, देवराज पाठक, निष्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिनकुमार आचार्य रहेका छन् ।
यस समितिले प्रतिनिधि सभाको बैठक सञ्चालन तथा कार्यसूची व्यवस्थापनमा समन्वय गर्ने जिम्मेवारी बहन गर्नेछ ।


































