National life

अवैध माध्यमबाट खातामा रकम जम्मा भएको खण्डमा जानकारी दिन सीआईबीको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ साउन २०८१, शुक्रबार
838Shares
अवैध माध्यमबाट खातामा रकम जम्मा भएको खण्डमा जानकारी दिन सीआईबीको आग्रह
ncell

काठमाण्डौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) ले आफ्नो खातामा अवैध माध्यमबाट रकम जम्मा भएको भए त्यसको जानकारी दिनआग्रह गरेको छ।

सीआईबीले विभिन्न देशबाट अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणुलाई आग्रह गरेको छ।

सीआईबीले अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जनगरी पठाएको रकम अवैध प्रक्रियाबाट आइरहेको जनाएको छ।

यस्तो रकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएकाले त्यसबारे जानकारी दिन सिआइबीले अनुरोध गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो रकम अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतङ्कारी क्रियाकलापमा लगानी र क्रिप्टोमा लगानी गर्ने र सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको सीआईबीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
838SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?