काठमाण्डौ। प्रभु बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि १२ महिना अवधिका लागि ५.१०० प्रतिशत,१२ महिनादेखि ५ वर्ष अवधिका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका लागि ३.१०० प्रतिशत, १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४.१०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५.१०० प्रतिशत ब्याजदरको कामय गरेको छ ।
बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत १२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ५.६०० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ६.१०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।


































