National life

पौष महिनामा १८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुई बैंकले राखे यथावत्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
762Shares
पौष महिनामा १८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुई बैंकले राखे यथावत्
ncell

काठमाडौं । पुस महिनाका लागि १८ वटा वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् त्यसमध्यमा प्रभु बैंक र सानिमा बैंकले भने पुस महिनाका लागि समेत मंसिर महिनाकै ब्याजदर यथावत् राखेका छन्।

वाणिज्य बैंकहरूको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशतबिन्दु घटेर ८.९९ प्रतिशतमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंसिरमा वाणिज्य बैंकको औसत ब्याजदर ९.९१ प्रतिशत थियो। सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ।

मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशतबिन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको हो। त्यसैगरी सिटिजन्स बैंकले १.३५ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएको छ। एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशतबिन्दु ब्याजदर घटाएका छन्।

कुनको ब्याजदर कति ?

प्रभु बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिने जनाएका छन्। हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत ब्याजदर दिने जनाएका छन्  ।

त्यसैगरी लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८।६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र एनएमबी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएको छ।

यस्तै सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत, नेपाल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्स बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, कृषि विकास बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत, नबिल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याज दिने भएको छ

क्रमशः स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत, आरबीबी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत, कुमारी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत, एनआईसी एसिया व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत, प्राइम कमर्सियल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याज दिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?