National life
cg eloctronics

असोजमा मात्रै ५३ हजार बढी नेपाली युवा कामको खोजीमा विदेशिए

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ कात्तिक २०८१, बिहिबार
1.1kShares
असोजमा मात्रै ५३ हजार बढी नेपाली युवा कामको खोजीमा विदेशिए
muktinatha bikash bank

काठमाडौं । असोज महिनामा मात्रै करिब ५३ हजार नेपाली कामका लागि विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् ।

नेपालीहरुकै महान चाड दशैंका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । यसअघि साउनमा ६० हजार र भदौमा ५७ हजार नेपाली वैदेशिक रोजगारीमा हरु वैदेशिक रोजगारीमा गएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विभागका अनुसार असोजमा रोजगारीको खोजीमा नेपालीहरु सबैभन्दा धेरै खाडी मुलुक गएका छन् । विभागको तथ्यांकलाई हेर्दा असोजमा १७ हजार नेपाली युएई गएका छन् भने साउदीमा १० हजार, कतारमा ९ हजार ७ सय, कुवेतमा ३ हजार ८ सय जना नेपाली रोजगारीका लागि गएका छन् । ।

everest bank

यस्तै युरोपेली देश रोमानियामा २२ सय, क्रोएसियामा ७८३, साइप्रसमा ४८५ जना रोजगारीका लागि गएका छन् । त्यस्तै जापानमा १ हजार ४५६ र दक्षिण कोरियामा १ हजार १०६ श्रमिक रोजगारीको खोजीमा गएका छन् ।

असोजमा सबैभन्दा धेरै धुनषा जिल्लाका नागरिक वैदेशिक रोजगारीमा गएका छन् । विभागका अनुसार धनुषाबाट २ हजार ९४४ हजार ३६० विदेश गएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?