National life

आँखुखोला जलविद्युत कम्पनीको १७ लाख बढी कित्ता शेयर बिक्रीमा,कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८१, शुक्रबार
766Shares
आँखुखोला जलविद्युत कम्पनीको १७ लाख बढी कित्ता शेयर बिक्रीमा,कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेले १७ लाख ५० हजार २४८ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले आजदेखि उक्त अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । कम्पनीले असार ३१ गतेसम्म कायम साबिकका शेयर धनीहरूका गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता (१ः.५) अनुपातमा प्रति कित्ता रु १०० अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आजदेखि उक्त शेयरहरूको बिक्री आवेदन खुलाएको हो। यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखा कार्यालयहरू,बिर्तामोड, विरगञ्ज, हेटौडा, जावलाखेल,लेकसाइड,नेपालगञ्ज,सुर्खेत र धनगढीमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?