National life

आइपीओ निष्कासनको तयारीमा युनाइटेड मेवा खोला हाइड्रोपावर, एजीएम कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
636Shares
आइपीओ निष्कासनको तयारीमा युनाइटेड मेवा खोला हाइड्रोपावर, एजीएम कहिले ?
ncell

काठमाडौं । सर्वसाधारणलाई प्राथमिकतामा राख्दै युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ।

आगामी असार ६ गते बिहीबारका दिन कम्पनीले प्रथम वार्षिक साधारण सभा बोलाएको छ । आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव सहित अन्य विविध प्रस्ताव माथी छलफल गर्ने कार्यसूचि रहेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले गरेको निर्णय अनुसार सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा असार ६ गते बिहान ११ बजे सुरु हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाले सञ्चालक समितिको बैठकबाट अनुमोदित लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९–८० को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण उपर छलफल भई निर्णय गर्नेछ ।

आव २०८०–८१ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै, कम्पनीको चुक्ता पुँजीभन्दा बढी लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल हुने कार्यक्रम सभाका लागि तय भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?