National life

आईपीओ जारी गर्दै जय अम्बे स्टिल्स , साधारण सभामा प्रस्ताव लैजाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
515Shares
आईपीओ जारी गर्दै जय अम्बे स्टिल्स , साधारण सभामा प्रस्ताव लैजाँदै
ncell

काठमाडौं । जय अम्बे स्टिल्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको हो ।

कम्पनीले पुस २६ गतेका लागि साधारणसभा बोलाएको छ । सञ्चालक समितको निर्णय साधारण सभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ ।

Royal Enfield
nic asia capital
साधारण सभाले सञ्चालक समितिको तर्फबाट पेस भएको प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने तथा गत आर्थिक वर्षको नाफा(नोक्सान हिसाब, नगद प्रवाहको विवरणसहितका लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै सञ्चालक समिति गठनका साथै अधिकृत पुँजी बढाउने निर्णय पनि सभाले गर्ने भएको छ । अहिले वास्तविक क्षेत्र सेयर बजारमा प्रवेश गर्ने क्रम बढेको छ । शिवम्, घोराही, सोनापुर सिमेन्टलगायत दोस्रो बजारमा सूचीकृत भइसकेका छन् भने सर्वोत्तम सिमेन्टको निष्कासन प्रक्रियामा छ ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?