काठमाडौं । आईपीओ निष्कासन गर्ने प्रस्तावसहित सेतीखोला हाइड्रोपावर लिमिटेडले यही पुस २८ गते आइतबारका दिन नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक समेत निर्धारण गरिने भएको छ ।
प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।


































