National life

आईपीओ निष्कासनको तयारीमा नगरकोट रिसोर्ट, पुस २८ गते वार्षिक सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
606Shares
आईपीओ निष्कासनको तयारीमा नगरकोट रिसोर्ट, पुस २८ गते वार्षिक सभा आह्वान
ncell

काठमाडौँ । नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। पुस २५ गते बसेको कम्पनी सञचालक समितिको बैठकले आईपीओको प्रस्तावसहित पुस २८ गतेका लागि नगरकोट रिसोर्टमा बिहान ९ बजे सभा बोलाउने निर्णय गरेको छ ।

उक्त सभामा कम्पनीको पुँजी संरचनाबमोजिम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, सञ्चालकको भत्ता र सुविधा निर्धारण गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिने भएको छ ।

साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिने एजेण्डा समेटिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?