काठमाडौं । नेपाल आयल निगम लिमिटेड ५५ औं वर्षमा प्रवेश गरेको छ । टेकुस्थित आफ्नै कार्यालय परिसरमा उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख अतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि निगमले ५५ वार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सव कार्यक्रमको अवसरमा आफ्नो मन्तव्य राख्दै निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण जस्तो अत्यन्त संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्दै निगमले राष्ट्रिय अर्थतन्त्रमा अतुलनीय योगदान पुर्याएको बताए ।

निगमले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिचित गर्दै देशका विभिन्न मागहरूमा निरन्तर एवं सहज रूपमा पेट्रोलियम पदार्थ उपलव्ध गराउँदै आएको पनि कार्यकारी निर्देशक भट्टले स्पष्ट पारे । यस्तै उनले हाल निगम झन्डै १० अर्ब रुपैयाँ नाफामा रहेको बताएका छन् । स्वचालित मूल्य प्रणालीका कारणले निगमको आर्थिक अवस्थामा सुधार हुँदै गएको कार्यकारी उनको भनाई छ ।
https://www.youtube.com/watch?v=cWAyIoRVnqM
आयल निगमको सिनामंगलस्थित डिपो स्थानान्तरणको काम शुरू भएको बताए । यस्तै पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेर अन्य कार्यका साथै एलपीजीको घरायसी र व्यापारिक फरक मूल्य कायम गर्ने काम समेत निगमले अघि बढाएको कार्यकारी निर्देशक भट्टको भनाई छ ।
यसैबीच कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको बताए । पेट्रोलियम पदार्थमा इथानोल मिसाउने सरकारको तयारी रहेको बताउदै मन्त्री भण्डारीले यसो गर्न सकेमा पेट्रोलियम पदार्थको आयातमा कमी आउने बताए ।

मन्त्री भण्डारीले खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने समेत घोषणा गरेका छन् । यस्तै निगमले पेट्रोलियम पदार्थको ब्यापारको सट्टामा नयाँ विकल्प खोज्नुपर्ने पनी मन्त्री भण्डारीको भनाई छ । आयल निगमको व्यापार घट्दो अवस्थामा रहेको भन्दै ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।
निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढंगमा लैजाने कार्ययोजना बनाउन आवश्यक देखिएको पनि मन्त्री भण्डारीको भनाई छ ।
बार्षिकोत्सव समारोहमा एलपि ग्याँस उद्योग संघका अध्ययक्ष शिव घिमिरे, नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी संघका अध्ययक्ष मनोज कुमार दास तथा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष बिकास बखती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
https://www.youtube.com/watch?v=k9Rwwanj008&t=20s
यसका साथै निगममा कार्यरत उत्कृष्ट ५ कर्मचारी र सर्बोत्कृष्ट १ कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो ।
































