काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
संस्थाले कम्पनीकै अन्य विद्यमान संस्थापक शेयर धनीले मात्रै किन्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।
निवेदन नवलपरासी, गैडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री गरिने भएको छ ।

































