National life

इन्फिनिटी लघुवित्तको नाफामा ९८.८४ % ले गिरावट : खराब कर्जा चुलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ वैशाख २०८२, मङ्गलबार
689Shares
इन्फिनिटी लघुवित्तको नाफामा ९८.८४ % ले गिरावट : खराब कर्जा चुलियो
ncell

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.८४ प्रतिशत कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.१९ प्रतिशत बढेको छ भने अन्य खुद फि तथा कमिशन आम्दानी १६.५५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.९७ प्रतिशतबाट बढेर १४.३५ प्रतिशत पुगेको छ।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १८.१२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९८.७४ प्रतिशत घटेको छ। यससँगै गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ५५ लाख रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ९ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ९४ पैसा घटेर १६ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५ हजार ५०९.७५ गुणा रहेको छ।

लघुवित्तको जगेडा कोषमा १८ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। ४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तले तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २ करोड ७४ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?