National life

उद्योगीको आन्दोलन चर्किएको बेला प्राधिकरणले काट्यो हुलास स्टिलको लाइन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
514Shares
उद्योगीको आन्दोलन चर्किएको बेला प्राधिकरणले काट्यो हुलास स्टिलको लाइन
ncell

काठमाडौं । उद्योगहरुले लाईन काटेको विषयलाई लिएर देशभरका विभिन्न ठाँउमा रहेका प्राधिकरणको अगाडी धर्ना बसिरहेको बेला यता प्राधिकरणले थप एक उद्योगको बिजुली काटेको छ ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान काटेको छ ।

हुलास स्टील उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ । प्राधिकरणले यस अगाडि नै ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ

यसमध्ये हिमाल स्टीलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।

Royal Enfield
nic asia capital
प्राधिकरणले ७ पुसदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?